सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँको विदामा धनगढीका बैँक खुल्ला रहने

२०७५ असोज ३०, १०:१३ जनक विष्ट

दशैँका बेला सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर धनगढीका अधिकांश बैँक तथा वित्तिय संस्थाहरु खुला रहने भएका छन्। टिका र शनिबारको दिन बाहेक सार्वजनीक विदामा बैँक तथा वित्तिय संस्थाहरु खुल्ला रहने भएका हुन्।

सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै दशैँको विदामा पनि बैँक खुला राख्ने राष्ट्रिय वाणिज्य बैँक धनगढी शाखा प्रबन्धक हरिशचन्द्र भट्टले जानकारी दिए। उनका अनुसार फुलपाति र महाअष्टमीका दिन बिहान १० देखी दिउँसो १ बजे सम्म बैँक खुल्ला रहनेछ।

बैँकले अन्य बैङकिङ् कारोवार नगरेपनि सर्वसाधारणले रकम जम्मा गर्ने र झिक्न पाउनेछन्। बैँक तथा वित्तिय संस्थाहरुले समान्य समयमा जस्तै सेवा प्रवाह गर्न नसकेपनि ग्राहकको आवश्यकताका आधारमा रकम दिने र जम्मा गर्नेछन्। त्यसका लागि सर्वसाधारणले फुलपाती र अष्टमीका दिन बैँकले तोकेको समयभित्र कारोबार गर्न सक्नेछन्।

कृषि विकास बैँकले पनि धनगढी, महेन्द्रनगर, सुख्खड, अत्तरिया लगायतका शाखाहरु बिहान १० देखी दिउँसो २ बजेसम्म खुल्ला राख्ने बैँकको धनगढी शाखाका  निमित्त प्रबन्धक लिलाधर भट्टले जानकारी दिए। यस्तै धनगढीका निजि वैंक पनि सार्वजनिक विदामा खुल्ला रहनेछन्।

धनगढीको एनआइसी एसिया बैँकका निर्देशक तथा बैँकर्स क्लब कैलालीका अध्यक्ष टेकराज भट्टले आफ्नो बैँकको धनगढी र महेन्द्रनगर शाखा फुलपाति र महाअष्टमीका दिन बिहान १० देखी दिउँसो १ बजे सम्म खुल्ला रहने जानकारी दिए। यस्तै जनता बैँक पनि विदामा खुल्ला रहने भएको छ।

नेपाल राष्ट्र भने खुला नरहने भएको छ । सार्वजनिक विदाका बेला बैँक खुल्ने की खुला राख्ने भन्ने विषयमा परिपत्र नआएपछि बैँक बन्द रहने नेपाल राष्ट्र बैँक धनगढीले जनाएको छ। तर बैँकले सोमबार सम्म निजि बैँकबाट समेत गरेर साढे ३० करोड बढी नयाँ नोट सटही गरेको छ।      
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस