सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तह एक गाँउ एक उत्पादनको नीतिलाई आत्मसाथ गर्दै

ग्रामीण क्षेत्रमा आर्थिक सम्वृद्धिको मार्ग तय हुने अपेक्षा

। फोटो स्रोत ।
२०७५ असोज २७, ०४:०७ कमल सावद

सुदूरपश्चिम पछाडी परेको क्षेत्र भनिदै आयो र अन्य क्षेत्रको तुलनामा पछाडी पनि प¥यो। तर सुदूरपश्चिम क्षेत्रमा रहेको उर्वर भुमिको सदुपयोग गर्नका लागि भने कसैको ध्यान समेत जान सकेन्। सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा जडिबुटी, स्याउ लगायतका फलफुलको सम्भावना छ।  पहाडी क्षेत्रमा अदुवा, केरा, नास्पती, ओखर लगायत अन्य जडिबुट्टिको पाईने गरेको छ र तराईका २ जिल्ला कैलाली र कञ्चनपुर अन्न भण्डारको रुपमा रहेका छन्। यस्तो अवस्थामा अव गाउँ घरमै पुगेका स्थानीय सरकारले एक स्थानीय तह एक उत्पादनको निति अवलम्वनको प्रयास भईरहेको डडेल्धुराको पशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताए। उनले डडेधुरामा सिँचाईको सुविधा  समेत रहेकाले कृषिमा धेरै सम्भावना रहेको बताए। 

पहाडी क्षेत्रमाहरुमा व्यवसायी कृषिका लागि स्थानीय तहहरुले बजेट विनियोजन समेत गरेका छन। पहाडी जिल्लाहरुमा मौसम सुहाउँदो खेती गर्न सके जनताको जिविकोपार्जनमा सहज हुने भन्दै उनीहरुले योजना निर्माण गरिरहेका हुन। दार्चुलाको मालिकार्जुन गाँउपालिकामा ओखरको सम्भावना रहेकले किसानलाई ओखर खेतीमा प्रोत्साहन गरिएको गाँउपालिका अध्यक्ष नरेन्द्र सिँह धामीले बताए। उनले कृषिलाई प्रमुख आधार मानेर सम्बृद्धि सम्भव हुने बताए। 
सुदूरपश्चिमका स्थानीय तहहरुले एक गाँउ एक उत्पादन सहित एक गाँउ एक करेसाबारीलाई समेत योजनामा समेटेका बताएका छन्। दैनिक आवश्यक पर्ने तरकारी खरीद गर्दै आएका किसानहरुले आफै उत्पादन गरेको तरकारी प्रयोग गरे, आर्थिक विकाससंगै स्वस्थ हुने भन्दै एक गाँउ एक करेसाबारीको नीति ल्याईएको छ। पहाडी जिल्लाहरुमा आलु, गोलभेडा, काउली, खुर्सानी लगायतका तरकारी खेतीको व्यवसायकीकरण गरेको अछामको साफेबगर नगरपालिकका उपाध्यक्ष कमलादेवी बुड्थापाले बताइन। उनले साफेबगरमा आलुको सम्भावना रहेकोले आलु जोन कार्यक्रम समेत रहेको बताईन।
स्थानीय तहहरुले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यवसाय कृषि हुने भन्दै नीति मै कृषिलाई प्राथामिकता दिएके दावी गरेका छन्। विगतमा जिल्ला कृषि विकास कार्यालयमा रहने कृषिका प्राविधीक कर्मचारी अहिले स्थानीय तहमा वाडिएपछि विषयविज्ञको अभाव भएको छ र कृषिका योजना सञ्चालनमा पनि समस्या भईरहेको छ। त्यसैले एक गाउँ एक उथ्पादन वा एक स्थानीय तह एक उत्पादनको नीति आत्मसाथ गर्न सके थोरी प्राविधिक जनशक्ति भएपनि कृषिका योजना कार्यान्वयन गर्न सकिने देखिएको बझाङको बुङगल नगरपालिकाका उपाध्यक्ष मिना जाग्रीले बताईन्। उनले जनताका लागि कृषि प्रमुख आधार भएकाले कृषिलाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताईन्।
सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहहरुले एक गाँउ एक उत्पादनको नीतिलाई अवलम्बन गरेका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरु मध्ये केही स्थानीय तहहरुले एक गाँउ एक उत्पादनको नीतिलाई आत्मसाथ गरेका हुन। चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादन हुने फलफुल तथा अन्न बालीको व्यवसायीकरण गर्ने उद्येश्यका साथ एक गाउँ एक उत्पादन नीति आत्मसाथ गरिएको हो। सुदूरपश्चिममा तराई क्षेत्र, मध्य पहाडी क्षेत्र र हिमाली क्षेत्र गरी फरक–फरक हावापनी छ भने हावापनी अनुसारको उत्पादन समेत हुने गरेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस