सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ 

२०८१ वैशाख १४, ०९:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा ५ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका भीमदत्त नगरपालिका-१८ बस्ने २३ वर्षीय रमेश दमाई बिहीवार पक्राउ परेका हुन्।

दमाईलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरेको छ। जिल्ला अदालत कञ्चनपुरको मिति २०८० भदौ ९ गतेको फैसलाले लागूऔषध मुद्दामा दोषी ठहर भएपछि दमाई फरार रहेका थिए।

कमेन्ट लोड गर्नुस