सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा आगलागीबाट ५ लाखको क्षति 

२०८१ वैशाख १४, ०७:५३ खबर संवाददाता

धनगढीः कैलालीको भजनीमा आगलागीबाट ५ लाखको क्षति भएको छ।

भजनी नगरपालिका-५ लालबोझी बस्ने पिपरानी चौधरीको घरमा बिहीवार बिद्युतको तार सर्ट हुनगई आगलागी हुँदा पाँचलाख बराबरको धनमाल जलेर नष्ट भएको हो। घर भित्र रहेका नगद, टेलरीङको सामान, किरानाको सामान, लत्ता कपडा लगायतका सामानहरु गरि उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घरमा किराना पसल र सिलाई कटाई पसलसमेत रहेको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस