माटो विज्ञान अनुसन्धान केन्द्रले ड्रोनबाट विषादी छर्किने प्रविधिको परिक्षण गर्दै
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/WhatsApp%20Image%202024-04-24%20at%209.57.47%20AM.jpeg?itok=RTf_iz5t)
धनगढीः कञ्चनपुरको पुनर्वासमा मङ्गलवार १६ लिटर क्षमता भएको ड्रोनबाट मकैमा विषादी छर्किइएको छ।
जिल्लामा पहिलो पटक राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क) ले ड्रोनबाट विषादी छर्किएको हो। पाँच मिनेटमा एक बिघा क्षेत्रफलमा लगाइएको मकैमा विषादी छर्किएको किसान सन्तोष चौधरीले बताए। ‘पहिलो एक बिघामा मल छर्न एक घण्टा लाग्छ, तर, प्रविधिले छर्किदा सजिलो भएको छ। जोखिमको समेत सामना गर्नुपर्ने अवस्था रहँदैन,’ उनले भने।
मकैमा ड्रोनबाट छर्किएको विषादी पातमा मात्र पर्छ। पातमा विषादी पर्ने भएकाले ९० प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ। माटोमा विषादी कम मात्र पर्ने हुन्छ। माटोमा विषादीको मात्रा कम पर्ने भएपछि माटो, पानी तथा वातावरण नबिग्रीने हुन्छ। पाँच मिनेटमा एक बिघा क्षेत्रफलमा विषादी छर्किन सकिने भएकाले युवाहरुको आर्कषण बढाउन सकिने राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क) का प्रमुख श्री प्रसाद विष्टले बताए।
उनले भने, ‘लगभग ९० प्रतिशतसम्म युरिया मलको प्रभावकारीता बढेको देखिन्छ। ३० प्रतिशत आवश्यक पर्ने रसायनिक मलको आपूर्तिमा कमी आउछ।’ माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क)ले कञ्चनपुरदेखि दाङसम्मका चार सय किसानको ६ सय बिघामा लगाइएको वसन्ते मकै खेतीमा परिक्षणका लागि ड्रोनमार्फत विषदी छर्किदैछ। कम खर्चमा बढी क्षेत्रफलमा विषादी छर्किन सक्ने प्रविधि रहेको नार्कले बताएको छ।
नार्कले ड्रोनबाट छर्किएको विषादीको प्रभावकारीता, माटो, पानी तथा वातावरणमा गरेको प्रभावका बारेमा समेत अनुसन्धान गर्नेछ। उनले भने, ‘वातावरणमा कुनै खालको जोखिम देखिदैन। नयाँ प्रविधि भएकाले सहज पनि हुन्छ।’ नार्कले परिक्षण सफल भएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई ड्रोन प्रविधिको प्रयोगका लागि सिफारिसम समेत गर्ने भएको छ।
केन्द्रले पहिलो पटक ड्रोनबाट विषादी छर्किने प्रविधिको परिक्षण सुरु गरेको छ। कञ्चनपुरको पुनर्वासबाट मङ्गलवारदेखि मकैमा ड्रोनबाट विषादी छर्किन परिक्षण सुरु गरिएको हो। नार्कले वसन्ते मकैमा विषादी छर्किन थालेको छ। कञ्चनपुरदेखि दाङसम्मका चार सय किसानको ६ सय बिघामा लगाइएको मकैमा ड्रोनबाट विषादी छर्किदैछ। ड्रोनबाट विषादी छर्किदा माटो तथा वातावरणमा नोक्सानी नहुने तर्क गरिएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)