सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक जना चरेशसहित कैलालीबाट पक्राउ

२०८१ वैशाख १४, ०८:०५ खबर संवाददाता

धनगढीः बझाङका एक जना पुरुष चरेशसहित कैलालीबाट पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट १९८.८७ ग्राम चरेशसहित बझाङको छब्बिस पाथिभरा गाउँपालिका–७ बस्ने ४८ वर्षीय कलक धामी बिहीवार पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया स्थित उनले सञ्चालन गरेको अन्नपुर्ण होटलको भान्सा कोठाबाट चरेस फेला पारी धामीलाई पक्राउ गरेको हो। मालाखेती प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस