सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली समाजको बार्षिकोत्सव र गौरा कार्यक्रमले झुम्यो कतार

२०७५ असोज ६, ०२:४८

सुदूरपश्चिमेली नेपाली समाज कतारको तेस्रो बार्षिकोत्सव र गौरा विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिमेलीहरुले विशेष रुपमा मनाउने गौराको बारेमा प्रथम उपाध्यक्ष परमानन्द भट्टले जानकारी दिएका थिए। कार्यक्रममा डेउडा गायक भोजराज भट्ट, गायिका पुष्पा बोहरा, रेखा जोशीको प्रस्तुती रहेको थियो। कतारमा रहेका सुदूरपश्चिमेलीहरुले डेउडा खेल्दै घरपरिवार र आफ्नो गाउ सम्झीएका थिए। 


संस्थाका अध्यक्ष जयराज बिस्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कतारका लागि नेपाली राजदुत रमेश प्रशाद कोइराला रहेका थिए। संस्थाका बरिष्ठ उपाध्यक्ष प्रेम चलाउने स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाली दुताबासका प्रथम सचिव गायत्री पौडेल, सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितीका अध्यक्ष धन वहादुर बलायर, कतार समाजका संरक्षक नरेन्द्र भाट, एनआरएन आइसिसी लेबलका टिवी कार्की, सुदूरपश्चिमेली नेपाली समाजका अन्तराष्ट्रिय महासचिव अमृत शाही, एनआरएन कतारका तेज कटुवाल लगायतको उपस्थिती रहेको थियो। 

यस्तै कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज कतारका सल्लाहकार महेश जोशी, प्रकाश मिश्र, सुरेन्द्र चन्द, लक्ष्मि भट्ट, बिष्णु पाल, उदब सिंह, दिनेश कुवर महिला सल्लाहकार सरिता भट्ट, परदेशिय सामाजिक संस्था क्षेत्र नम्बर १, ३, ४ र ५ का चुडामणिा कार्की, समिर केसि, आश बहादुर गुरुङ, ठाकुर परियारको पनि उपस्थिती रहेको थियो।
कमेन्ट लोड गर्नुस