सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाविरुद्ध कोइराला परिवार महागठबन्धनको तयारीमा

२०७५ भदौ ५, ०८:२४

    पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन् । उनीहरूले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् ।
 अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ ।
कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ ।
 निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् । त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ ।
 त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ ।
कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन ।
 कोइराला परिवारले बीचबाटोमै साथ छोडेमा पौडेलको यात्रा संकटमा पर्नेछ । उनीप्रति कार्यकर्ताको सद्भाव छ, तर संगठनमा हस्तक्षेप गर्ने प्रभाव छैन । 
कोइरालाहरूले साँच्चै साथ छाडेमा नेतृत्वका लागि देउवासँग सम्झौता गर्नुको विकल्प उनीसँग छैन । देउवाकै अस्तित्वका लागि यो स्थिति आउन सक्छ ।

कमेन्ट लोड गर्नुस