सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घर भएका दुईसहित ७ जना काठमाण्डौंमा पक्राउ

२०८१ वैशाख १४, ०२:२९ खबर संवाददाता

काठमाडौः दार्चुला घर भएका दुई जना काठमाण्डौँमा पक्राउ परेका छन्।

डेढ किलो अवैध सुन र झन्डै डेढ करोड नगदसहित काठमाडौंबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट एक हजार ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार नगद बरामद भएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको दार्चुलाको महाकाली नगरपालिका–३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको विर्तामोड नगरपालिका–३ का ३० वर्षीय दिनेश खरेल, र २२ वर्षीय भरतराज खरेललाइ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

कमेन्ट लोड गर्नुस