सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियुक्त लक्ष्मण थारुलाई कारागारमै भेटे राजपा संयोजक महन्थ ठाकुरले

२०७५ भदौ ४, ०२:४६

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले टिकापुर घटनाको आरोपमा कैलाली कारगारमा रहेका अभियुक्त लक्ष्मण थारुलाई भेटेका छन् । समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे राजपा नेता ठाकुर र थारुबीच झण्डै आधा घण्टा छलफल भएको छ । नेता ठाकुरले टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेकाले अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा विश्वस्त रहेको बताए । नेता ठाकुरले सरकार र राजपाबीच भएको सहमति कार्यान्वयनमा पनि ढिलाई भएको बताए । 
 

कमेन्ट लोड गर्नुस