सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

२०८१ वैशाख १३, ०५:५९ खबर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बिहीवार प्रदेशसभाको बैठकमा उपस्थित ३५ जना सांसदमध्ये कँडेलको पक्षमा २३ जनाले विश्वासको मत दिएका थिए। उनको विपक्षमा भने १२ जना संसादले मत हालेका थिए। कांग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जना तटस्थ बसेका थिए।

प्रदेश सभाका सभामुख नन्दा गुरुङले तत्काल कायम रहेको संख्याको बहुमत सांसदले विश्वासको मत दिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्। मुख्यमन्त्री कँडेललाई एमाले, माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
 

कमेन्ट लोड गर्नुस