सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत सरकारद्वारा प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

२०८१ वैशाख २२, ०७:४१ खबर संवाददाता

एजेन्सीः भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तर, यसका लागि न्यूनतम निर्यात मूल्य (एमईपी) ५५० डलर प्रति मेट्रिक टन  तोकिएको छ।

निर्यात हुने प्याजको मूल्य प्रति मेट्रिक टन न्यूनतम ४५ हजार ८ सय रुपैयाँ भारु पर्नेछ। यो आदेश आजदेखि लागू भई अर्को आदेश नभएसम्मका लागि मान्य रहने छ। यसका साथै सरकारले प्याज निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ।

गत डिसेम्बरमा प्याजको मूल्य ७० देखि ८० रुपैयाँमा पुगेपछि सरकारले प्याज निर्यातमा रोक लगाएको थियो। गत वर्षको डिसेम्बरमा सरकारले ३१ मार्च २०२४ सम्म प्याज निकासीमा प्रतिबन्ध लगाए पनि त्यसपछि देशको अनुरोधका आधारमा प्याज पठाउन अनुमति दिइएको थियो। यसपछि गत महिना नै सरकारले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध अर्को आदेशसम्म लम्ब्याएको थियो।

निकासी प्रतिबन्ध बढेपछि व्यापारी र किसानहरू विशेष गरी महाराष्ट्रका किसानहरूले निर्यात प्रतिबन्ध हटाउन माग गर्दै आएका छन्। यसबाट किसानले राम्रो मूल्य पाउन सघाउने उनले बताए। लोकसभा चुनावको तेस्रो चरणको मतदान हुन लागेको बेला सरकारले प्रतिबन्ध फुकुवा गरेको छ।
 

कमेन्ट लोड गर्नुस