सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

२०८१ वैशाख २२, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको बेलौरी स्थित दोदा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। शनिवार नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–४ शान्तिपुर का १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस