सुदूर नेपाललाई विश्वसँग जोड्दै

युनिभर्सल बैङ्किङ प्रणाली लागु गर्न अध्ययन हुँदै

२०७४ फाल्गुन २४, ०५:४५

मुलुक संघीय प्रणालीमा गएपछि अब नेपालमा बैङ्कको संरचना कस्तो हुने भन्ने विषयमा आज धनगढीमा छलफल गरिएको छ । नेपाल राष्ट्र बैँक धनगढीको अनुसन्धान विभागले आयोजना गरेको कार्यक्रममा युनिभर्सल बैँङ्किङ प्रणालीका विषयमा छलफल गरिएको हो ।
बैँकले विभिन्न प्रकारका वित्तिय सेवा प्रदान गर्ने प्रणालीलाई युनिभर्सल बैङ्किङ प्रणाली भनिन्छ ।

कार्यक्रममा सहभागि बैंकिङ क्षेत्रका ब्यक्तिहरुले अहिलेकै सेवा प्रवाहमा गुनासा आईरहेको अवस्थामा युनिभर्सल बैङ्किङ प्रणालीमा त्यसबारे ध्यान दिन सुझाव दिएका छन ।

युनिभर्सल बैङ्किङ प्रणाली लागु हुनु राम्रो भएपनि हाल सञ्चालनमा रहेका बैँक तथा वित्तिय संस्थाहरुले लगानी बृद्धि गर्न नसकिरहेको अवस्थामा यो प्रणाली लागु गर्न चुनौतीपुर्ण रहेको यस क्षेत्रका सरोकारवाले बताएका हुन् ।

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले प्रदेश ७ मा मात्र झन्डै ६० प्रतिशत जनता बैँकको पहुँच भन्दा बाहिर रहेको स्थितिमा लागु हुने युनिभर्सल प्रणाली चुनौतिपुर्ण हुने बताए । उनले युनिभर्सल प्रणालीमा बैँकलाई हिडाउन आउने चुनौति सामना गर्न तयार हुनुपर्ने जनाए ।

नेपालमा जनताको आवश्यकता अनुसार बैँङ्किङ प्रणाली लागु हुन नसकिरहेको बेला यो प्रणाली लागु हुनु राम्रो भएको धेरैको भनाई थियो ।

नेपाल राष्ट्र बैँकको अनुसन्धान विभागका उप–निर्देशक सुमन न्यौपानेले युर्निभर्सल बैङ्किङ प्रणाली लागु भएपछि सर्वसाधारणले धेरै सुविधा एउटै स्थानबाट पाउने हुदा यसले फाईदा पुग्ने बताए ।

विश्वका धेरै देशले युनिर्भसल बैँकिङ् प्रणाली लागु गरेकाले नेपालमा पनि यो प्रणाली सञ्चालन गर्न राष्ट्र बैँकले अध्ययन गरिरहेको हो । तर देश संघिय संरचनामा रुपान्तरण भइसकेकाले अब जनचाहाना अनुसार बैँङकिङ सेवा विस्तार गर्नुपर्ने धारणा पनि व्यक्त हुन थालेका छन् ।

कमेन्ट लोड गर्नुस