सुदूरपश्चिमका मुख्यमन्त्रीद्धारा शोक वक्तव्य जारी
सुदूरपश्चिम सरकारले बुधबार ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षती भएको जनाएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शोक वक्तव्य जारी गर्दै दुर्घटना परेका पर्यटन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी लगायतका सातजनाको निधले मुलुकलाई अपूरणीय क्षती पुगेको उल्लेख गरी दुःख व्यक्त गरेका छन्।
शोक वक्तव्यमा भनिएको छ, मुलुकले जनता र विकासप्रती समर्पित योग्य जनप्रतिनिधि, निजी क्षेत्रबाट देशको विकासमा सर्मपित पर्यटन उद्यमी, राष्ट्र सेवक कर्मचारी र हेलीकप्टर चालकलाई गुमाएको छ।
अघि भनिएको छ, सुदूरपश्चिम प्रदेश सरकार उक्त दुर्घटनामा परी ज्यान गुमाउने माननीय मन्त्री सहित दिवंगत सबै प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।