धनगढीमा कोरोनाबाट थप एक जनाको मृत्यु
२०७८ वैशाख १६, ११:०१
धनगढी: धनगढीमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय पुरुषको बिहिबार राति ९ बजेर १० मिनेटमा मृत्यु भएको हो।
कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएका उनको बुधबारदेखि आईसीयूमा राखेर उपचार चलिरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यो संगै आजै सुदूरश्चिम भरिमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।
कमेन्ट लोड गर्नुस