सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुुलवारीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

२०८१ जेठ १३, ०९:४४ खबर संवाददाता

धनगढीः  कैलालीमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–११ फुलवारी गाउँकी ४५ वर्षीया धनीराम चौधरी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्।

चौधरीलाई सोहि ठाउँको भाकल सामुुदायिक वनको नर्सरीमा घाँस काट्नेक्रममा बँदेलले आक्रमण गरेको हो। शनिवार बँदेलको आक्रमणबाट घाइते भएकी चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस