सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र थापा

२०८१ जेठ १३, ०६:२० खबर संवाददाता

काठमाण्डौंः नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र थापा नियुक्त भएका छन्। कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षे कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल पुनर्बीमा कम्पनीको सिइओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजनामध्येबाट प्रस्तुतीकरण लिइसकेपछि  सुरेन्द्र थापालाई बोर्डले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीको सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये थापालाई बोर्डले सिइओ पदको लागि नियुक्त गरेको हो।

सिइओ नियुक्ती सम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासन सम्बन्धी व्यवस्थाअनुसार पूर्व स्वीकृतिको लागि बीमा प्राधिकरण पेश गरी स्वीकृत प्राप्त भएपछि उनको नियुक्ती प्रक्रिया पूरा हुनेछ। सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते बोलाइएको थियो। नेपाल पुनर्बीमा कम्पनीको सिइओमा नियुक्त भएका थापा यसअघि अजोड इन्स्योरेन्सको डिसिइओको जिम्मेवारी सम्हालिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस