भागरथी हत्या प्रकरणः शंकास्पद आधा दर्जनमाथि सुक्ष्म निगरानी, प्रमाण भिडाउँदै प्रहरी
धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान साघुरिदै गएको बताएको प्रहरीले चाडै सकारात्मक परिणाम आउने संकेत गरेको छ।
बलात्कारपछि भट्टको हत्या गरेको आशंकामा दर्जनौँ व्यक्तिलाई नियन्त्रण लिएर अनुसन्धान गरिसकेको प्रहरीले अहिले शंकास्पद झण्डै आधा दर्जन व्यक्तिमाथि सुक्ष्म निगरानी गरिरहेको छ।
प्रहरी स्रोतकाअनुसार अहिले ती मानिसहरुको संलग्नता पुष्टि गर्ने प्रमाण भिडाउने काम भइरहेको छ। निर्मला हत्या प्रकरणको पुनरावृत्ती नहोस भन्ने उद्देश्यले चनाखो भएर काम गरिरहेको प्रहरीले ती व्यक्तिहरुको संलग्नता पुष्टि गर्न आवश्यक पर्ने सबै प्रमाण जुटाएर मात्र सार्वजनिक गरिने बताएको छ।
फेसबुक र मोबाइलको विश्लेषणका क्रममा अनुसन्धानलाई सघाउने गतिलो प्रमाण फेला नपरेपछि केही निराश बनेका प्रहरी अधिकारीहरु अहिले भने पहिलेको भन्दा उत्साहित देखिएका छन्।
उनीहरुको भनाईमा अबको कम्तीमा पनि ३ दिन भित्र भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्नको पहिचान हुने सम्भावना प्रबल छ। यद्यपी अहिलेसम्म शंकास्पद व्यक्तिहरुमाथि प्राप्त सबुत प्रमाण भिडाइ नसकेकाले समय थप लम्बिन पनि सक्ने उनीहरु बताउँछन्।
धनगढीबाट थप प्रहरी परिचालन
घटनाको अनुसन्धानका लागि ४ दिनदेखि बैतडीमै रहेका सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले धनगढीबाट थप प्रहरी मगाएका छन्।
जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयका एसएसपी, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीको टोलीले गरिरहेको अनुसन्धानलाई सघाउन थप प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पुष्टि गरे।
उनले ठुला अपराध अनुसन्धानमा सफल प्रहरी अधिकृतहरुलाई पनि भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि खटाइएको बताए। ‘अनुसन्धानलाई सफल र छिटो टुङ्गोमा पुगाउन हामीले आवश्यकताअनुसार प्रहरीहरु पठाइरहेका छौँ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘त्यस क्षेत्रमा पहिले खटिएका प्रहरीहरुले समेत अनुसन्धानमा सहयोग गरिरहेको अवस्था छ।’
उनले विगतमा यस्तै प्रकृतिका घटनामा भएको कमीकमजोरीलाई दोहोरिन नदिनेगरि अनुसन्धान अगाडि बढेकाले छिट्टै परिणाम आउनेमा आशावादी हुन समेत सबैलाई आग्रह गरेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्ट गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। भोलीपल्ट साँझ स्थानीय लबलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत फेला परेकी थिइन्।
घटनामा संलग्नको पहिचान गरि शिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित बैतडीसहित विभिन्न ठाउँमा दैनिकजसो प्रर्दशन भइरहेका छन्।
सम्बन्धित समाचार
बैतडीमा १७ वर्षीया किशोरीको शव फेला, हत्याको आशंका
बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग
अनेरास्ववीयू बैतडीले भन्यो– किशोरीको बलात्कारपछि हत्या
बैतडी किशोरी मृत फेला प्रकरणः हत्या गरिएको भन्दै स्थानीयद्वारा कारवाहीको माग
सरकारी वकिल र डाक्टर पनि घटनास्थलमा, किशोरीको मोबाईल विश्लेषण गर्दै प्रहरी
बैतडीमा एसएसपीको नेतृत्वमा छुट्टै टोली परिचालन, सीआईबीका डीएसपी पनि खटिए
बैतडीमा किशोरी मृत्यु प्रकरणः सोधपुछका लागि नियन्त्रणमा लिइएका ६ जना छुटे
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी पनि बैतडी हिँडे
भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या
बैतडीकी भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको माग, अनुगमन गर्न धनगढीबाट टोली हिड्यो
भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो
भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टमबाट पुस्टि
भागरथीकी आमा भन्छिन् – छोरीलाई लुछेर हत्या गर्नेलाई कारवाही भए मलाई केही चाहिँदैन
बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य