सुदूर नेपाललाई विश्वसँग जोड्दै

कविता

२०८१ वैशाख २५, ११:११

ढोङ

मलाई पागल भन–स्वीकार्य छ 
कु–संस्कारी भन–स्वीकार्य छ 
नास्तीक भन–स्वीकार्य छ 
याभन अरु जे जे भन्छौ–सबथोक स्वीकार्य छ 
बुझ्दै जाँदा,
मलाई मृत्यु पश्चात गरिने सबै संस्कार व्यर्थ लाग्छन।
हुनत म,
कुनै रातो फित्ताकपालमा कसेको क्रान्तीकारी त होईन
यहाँ
जस्ले जिवन भर खटिया देखेन, उसैको नाममा गरिन्छ खटिया दान
जस्ले एकसरो ओछ्यानमा चिसा रात काट्यो–उसैको नाममा गरिन्छ बेड बिस्तरा दान
जस्ले चौलानी निल्न पाएन अन्तिम बखतमा–उसैको नाममा गरिन्छ खिरको पिण्ड दान
जिउदो बेला हालखबर नसोध्नेहरु, मृत्यु पश्चात सेतो पहिरियर एकछाके बसेको नाटक गर्छन।
उनैको नामले कपाल मुण्डन गर्छननुन तेलबारे जस्तो गर्छन।
अशक्ततामा
मृत्यु पुकार्दै दिनको सुरुवात गर्नेहरु, मृत्यु पश्चात खुबआँसु झारेजस्तो गर्छन।
मैले मलाई मायागर्नेहरु खुबगुमायको छु।
सम्झिन्छु बच्पन देखीका उनैहरु संगका चकचके पलहरु
मेरो हृदयमा मज्जाले डेरा जमायका छन उनै स्मृतिहरुले
म उनैको सम्झनामा अनाथालयमा अशक्तलाई दान गर्छु–पण्डितलाई होईन।
मलाई कुसँस्कारी भन्लान भन्नेहरु
देख्नेले देख्लान तुवालो लागेको आखाँले–नास्तिकमलाई
मैले ज्यूदो बेला गरेका कर्मले नै, मान्छेको मुक्ति हुन्छ भन्ने सिकेको छु
हो म पाखण्डी नै हुँ,
अर्धमी नै हु,
कुस्कारी नै हुँँ,
तिम्रो धर्म र तिम्रो सिकेको सस्कारले, मलाई तिमी जस्तो ढोङ्गी बन्न सिकाएन।
लेखकः बाबु देवकोटा, टीकापुर कैलाली
 

कमेन्ट लोड गर्नुस