दार्चुलामा क्षमताभन्दा बढी यात्रु ओसार्ने ८ सवारीचालकलाई कारबाही
२०८१ मंसिर ११, ०६:३०
दार्चुलाः दार्चुलामा क्षमताभन्दा बढी यात्रु ओसार्ने ८ सवारीचालकलाई कारबाही गरिएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले क्षमताभन्दा बढी यात्रु ओसार्ने ८ सवारीचालकलाई कारबाही गरेको हो। ती सवारी चालकलाई जरिबाना भराएर छोडिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस