सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी मन्दिरमा लवाङ्गी पुजा तथा थारु साँस्कृतिक महोत्सव हुने 

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक ३०, ०५:०२ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी मन्दिरमा लवाङ्गी पुजा तथा महोत्सव हुने भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै यस वर्षपनि बिबाह पन्चमीका दिन थारु समुदायले लवाङ्गी पुजा गर्ने भएका छन्। ‘हमार संस्कृति हमार पहिचान, संस्कृति जर्गना करना हमार अभियान’ भन्ने मुल नाराका साथ घोरीघोरा लवाङ्गी पुजा तथा थारु सास्कृती महोत्सव २०८१ हुने भएको छ।

थारु समुदायले आफुले उव्जाका अन्नबाली उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक वर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव गर्दै आएका छन्। महोत्सवको थालनी २०६३ साल देखि गरिएको हो।

घोरीघोरा नगरभलमन्सा कार्य समिति, सन्त समाज, घोडाघोडी तथा संस्कृति सरक्षण समाजको आयोजनामा हुने लवाङ्गी पुजा तथा थारु महोत्सव यहि मङ्सिर १९ गतेदेखि २१ गते सम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए।

महोत्सव आयोजक मुल समितिका सयोजक बुधराम चौधरीले पत्रकारहरुसँग कुरा गर्दै महोत्सवको उदेश्य, कार्यक्रम माथी प्रकाश पार्दै लवाङ्गी पुजाका लागि कैलाली, कंचनपुर, बर्दिया,बाके र दाङबाट समेत दर्शक तथा भक्तजन आउने गरेको बताए। उक्त महोत्सवमा थारु समुदायमा रहेको बर्का नाच, सखिया नाछ, मुग्रहुवा नाछ, कठघोरी नाच लगायतका साँस्कृतिक प्रस्तुति देखाउनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रतुति रहेने सयोजक चौधरीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस