सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा हुरीले धानबालीमा क्षति

२०८३ असोज ११, १०:०१ रासस

बाँके :लगातारको वर्षासँगै शनिबारको  हुरीले यहाँको धानबालीमा  क्षति भएको छ । 

नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।

डुडुवा गाउँपालिका–५ का  सुजन थापाको खेतमा पनि धान ढलेको छ ।  
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए । 
 

कमेन्ट लोड गर्नुस