सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

२०८३ असोज ११, १०:०७ खबर संवाददाता

काठमाडौं: पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्।

जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ। उनीमाथि लगाइएको कसुर भने प्रहरीले सार्वजनिक गरेको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न २१ वटा अभियोग लगाइएको थियो।

तर, तत्कालीन संसदले महाअभियोग प्रस्ताव टुंगो लगाउन सकेन। महाअभियोगको प्रक्रिया अघि नबढे पनि जबरा सर्वोच्च अदालतमा फर्किन भने पाएनन्।

कमेन्ट लोड गर्नुस