धनगढीमा गौशाला निर्माणका लागि काठमाडौँका रामद्धारा एक लाख सहयोग
धनगढीः धनगढी उपमहानगरपालिकाको फुलवारीमा निर्माण भइरहेको ‘हाम्रो फुलवारी गौशाला’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–११ का रामप्रसाद उपाध्यायले आर्थिक सहयोग गरेका छन्।
उपाध्यायले धनगढी उपमहानगरपालिकाले सार्वजनिक पशु चौपाया व्यवस्थापनको लागि निर्माण गरिरहेको गौशालाका लागि नगरप्रमुख गोपाल हमाललाई भेटेर सोमवार एक लाख रुपैँया सहयोग गरेका छन्। उपाध्यायले नगरप्रमुख हमालको घरमै पुगेर सहयोग गरेका हुन्।