सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दिउँसो ३ बजेसम्म ३५ प्रतिशत मत खस्यो 

२०८२ फाल्गुन २१, ०३:३४ खबर संवाददाता

बैतडी: बैतडीमा प्रतिनिधिसभा सदस्य चयनका लागि ३५.८२ प्रतिशत मत खसेको छ । १ लाख ५६ हजार ३७२ मतदातामध्ये दिउँसो ३ बजेसम्म ५६ हजार पाँच जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटेर नरेश दयालले जानकारी दिए ।

३० हजार ११६ महिला, २५ हजार ८८८ पुरुष र एक जना अन्य गरी जम्मा ५६ हजार ५ जनाले मतदान गरेका छन् ।

जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र मतदाताले उत्साहका साथ भाग लिइरहेका बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

कमेन्ट लोड गर्नुस