सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपक्षी दलहरूको कारण संसद् बैठक भोलिसम्मका लागि स्थगित

२०८० जेठ २१, ०४:३५ खबर संवाददाता

काठमाडौंः  नेकपा एमाले, राप्रपा, रास्वपालगायत विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

संसद् सचिवालयका अनुसार संसदको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ। आइतबारको बैठकमा प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणका क्रममा गरेका वार्ता र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रहितविपरीत भएकाले त्यसउपर छलफल नहुँदासम्म संसद् बैठक अगाडि बढ्न नदिने भन्दै विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए। प्रतिपक्षी दलहरु आफ्नो अडानबाट पछि नहटेपछि बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो।
 

कमेन्ट लोड गर्नुस