सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०८२ असार ४, ०६:१२ खबर संवाददाता

धनगढी : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ७०९७ नम्बरको ट्याक्टरबाट खसेर २५ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो।

नेपाल प्रहरीले हरिनगरबाट सुखड तर्फ आउदै गर्दा चौधरी ट्याक्टरबाट खसेका बताएको छ। ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। प्रहरीले ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस