नाष्ट रेडक्रस सर्कलद्वारा निःशुल्क दन्त परिक्षण

धनगढीः नाष्ट रेडक्रस सर्कलको आयोजनामा बुधबार निःशुल्क दन्त परिक्षण शिविर भएको छ।
उक्त परिक्षण शिविरको नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरी उद्घाटन गरेका थिए। कन्चन डेन्टल क्लिनिकका दन्त चिकित्सक डाक्टर विवेक कुमार झा र उनको टिमले दन्त परिक्षण सेवा दिएका थिए। निःशुल्क दन्त परिक्षण शिविरमा १५० जना विद्यार्थी दन्त परिक्षण गराएको आयोजक नाष्ट रेडक्रस सर्कलका सभापति नविन पन्तले जानकारी दिए।

सभापति पन्तले नाष्ट रेडक्रस सर्कलले प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएको बताए। यसका साथै उनले यही असार १३ गते रक्तदानको कार्यक्रम पनि आयोजना गर्ने बताए।


