सांसदका मोबाईलमा म्यासेज: धनगढी–दिपायल द्रुत मार्ग तपाईको चुनावी नारा मात्रै हो ?
यसक्षेत्रका नेताहरुको चुनावी नारा बन्दै आएको धनगढी–दिपायल दु्रत मार्ग निर्माणमा दबाब दिन स्थानीयले एसएमएस अभियान थालेका छन्। लामो समय सम्म चलेको स्वामित्व विवाद र रुख कटानीको आदेश नपाउँदा अलपत्र परेको दु्रत मार्ग निर्माणको काम एक वर्षदेखि ठप्प रहदा समेत चुनावी एजेण्डा बनाएर विजयी भएका नेताहरुलाई दबाब दिन एसएमएस अभियान थालिएको हो।
अभियान अन्तरगत स्थानीयले दु्रत मार्ग निर्माण र धनगढी खुटिया सडक कालोपत्रे के तपाईको चुनावी नारा मात्रै हो भन्दै मोवायल मार्फत म्यासेज पठाउनेछन्। धनगढीका युवा कुबेर शाहीले बुधबारबाट अभियान सुरु भएको जानकारी दिए। उनीहरुले के यो सडकखण्ड कालोपत्र गर्ने एजेन्डा तपाईंको चुनावी नारा मात्रै हो ?कृपया एउटा जिम्मेवार जनप्रतिनिधिका नाताले स्पष्ट जवाफ दिनुहोला भन्दै दु्रत मार्गलाई चुनावी नारा बनाएर विजयी भएका प्रतिनिधीसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई एसएमएस मार्फत जवाफ मागेका छन्।
स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्थमन्त्री झपट बोहोरा, भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोरा, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कैलालीबाट प्रतिनिधीसभा सदस्य रहेका सदस्य रहेका लेखराज भट्ट र नारदमुनी, प्रदेशसभा ससदस्य डिल्लीराज पन्त, तथा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओड र गोदावरी नगरपालिकाका मेयर हरिसिंह सावद लगायतका जनप्रतिनिधीलाई एसएमएस मार्फत दबाब दिने बताएका छन्। स्थानीयले दु्रर्त मार्ग निर्माण र धनगढी खुटिया सडक मर्मतको माग गर्दै बुधबार देखी सडकमा ठुला सवारी साधन चल्न दिएका छैनन्।
सम्बन्धीत समाचार
धनगढी–खुटिया सडकमा आज पनि ठुला सवारी साधनमा रोक
धनगढी–खुटिया सडक मर्मतको माग गर्दै स्थानीयद्धारा ठुला सवारी साधनमा रोक
धनगढी –दिपायल द्रुत मार्गको निर्माण एक बर्षदेखि ठप्प: चुनावी मुद्धा बनाएका नेताहरु मौन
प्रदेशबाट संघीय सरकारले धनगढी–दिपायल द्रुत मार्ग खोसेपनि निर्माणमा अन्योलता कायमै
धनगढी–दिपायल फास्ट ट्रयाक प्रदेशबाट ढाई महिनामै संघीय सरकारले खोस्यो
धनगढी –दिपायल फास्ट ट्रयाकमा फेरि स्वामित्व विवाद
धनगढी –दिपायल द्रुत मार्गको स्वामित्व विवाद हटेन
द्रुत मार्ग ओझेलमा पार्न राजनीतिक चलखेल
धनगढी–दिपायल द्रुत मार्ग निर्माण नहुँदा १० बर्षमा ४ अर्व बढिको ईन्धन आयात
धनगढी–दिपायल द्रुत मार्गको मुद्धा अर्को चुनावमा पनि ल्याए नेताहरुलाई गाउँ छिर्न नदिने चेतावनी
द्रुत मार्गको काम सुस्त गतिमा (अडियो सहित)