सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८३ साउन १०, ११:४९ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो। गत बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो। 
 
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस