सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–खुटिया सडक मर्मतको माग गर्दै स्थानीयद्धारा ठुला सवारी साधनमा रोक

२०७५ चैत्र १३, ०८:५६ खबर संवाददाता

धनगढी–दिपायल द्रुत मार्ग अन्तरगत धनगढी–खुटिया सडक खण्ड मर्मतको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। प्रदेश र स्थानीय सरकारसँग सडक मर्मतको माग गर्दा पनि वेवास्ता गरिएको भन्दै स्थानीयले आज बिहानैदेखी धनगढी दिपायल दु्रत मार्गको जिरो प्वान्ट हसनपुर पिपल चौतारादेखी स्याउले बजार सम्मको सडकमा ठुला सवारी साधनमा रोक लगाएका छन्।

उक्त सडक खण्ड भई गुड्ने ट्रक, टिप्पर, ट्रयाक्टर लगायतका भार वाहन सवारी साधनले सडकमा  खाल्डाखुल्डी  हुदा आवातजावतमा सास्ती हँुदा समेत सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन्। धनगढी दिपायल दु्रत मार्ग निर्माण सेवा समितिका संयोजक हेम बहादुर विष्टले सडक मर्मत र सडकमा उड्ने धुलाको कारण समस्या भोग्नु परेको भन्दै प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकासँग दैनिक पानी हाल्ने व्यवस्था गरिदिन एक वर्षदेखी आग्रह गर्दा समेत मतलव नगरेकाले आन्दोलन गरिएको बताए।  

आन्दोलन अन्तरगत पहिलो दिन आज  दु्रत मार्गको जिरो प्वान्ट हसनपुर पिपल चौतारादेखी स्याउले बजार सम्मको सडकमा ठुला सवारी साधनमा रोक लगाईएको विष्टले बताए। तर  स्कुल बस, एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीलाई अवरोध नपु¥याउने विष्टले जानकारी दिए।  माग सुनवाई नभए आन्दोलनलाई थप सशक्त बनाउने  स्थानीयले बताएका छन्।  

धनगढी–खुटिया सडक मर्मतको माग गर्दै भोली देखि आन्दोलन

कमेन्ट लोड गर्नुस