सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–खुटिया सडक मर्मतको माग गर्दै भोली देखि आन्दोलन

२०७५ चैत्र १२, ०७:५२ जनक विष्ट

लामो समयसम्म चलेको स्वामित्व विवाद र रुख कटानीको आदेश नपाउँदा अलपत्र परेको धनगढी –दिपायल द्रुत मार्गको निर्माण एक बर्षदेखि ठप्प हुदा समेत वेवास्ता गरिएको भन्दै फेरी आन्दोलन गर्ने चेतावनी दिईएको छ। द्रुत मार्गको हसनपुर पिपल चौतारादेखी स्याउले बजार सम्मको सडकमा सवारी साधनहरुको चाप वढेको कारण धुलो खाँदै आएको वषौँ बित्दा समेत सरोकारवाला निकायले आफुहरुका समस्या नसुनेको भन्दै स्थानीयले भोलीदेखी फेरी आन्दोलन गर्ने बताएका छन्।

प्रदेश र स्थानीय सरकारसँग फास्ट ट्रयाक निर्माणमा ढिलाई हुदा धुलोका कारण जनजीवन प्रभावित भएपनि वेवास्ता गरेको भन्दै भोलीदेखी चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिईएको छ। धनगढी दिपायल दु्रत मार्ग निर्माण सेवा समितिका संयोजक हेम बहादुर विष्टले भोलीदेखी सडकमा टिप्पर, टयाक्टर लगायतका ठुला सवारी साधन चल्न नदिने बताए। उनले एसईई परिक्षालाई मध्यनजर गरी स्कुल बस, एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीलाई भने चल्न दिने विष्टले बताए।

स्थानीयहरुले गत वर्ष आजकै दिन दु्रत मार्ग निर्माणमा भएको ढिलाईले धुलो तथा खाल्डाखुल्डीले समस्या भएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचनज भट्टलाई ज्ञापनपत्र बुझाएका थिए। तर प्रदेश सरकारले पहल नगरेको आरोप लागेको छ। उनीहरुले सडकमा सवारी साधन ग्ुड्दा उड्ने धुलोले हैरान भएको भन्दै धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकासँग पनि सडकमा दैनिक पानी हाल्न माग गरेपनि वेवास्ता गरिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्। स्थानीयले भोली धनगढी दिपायल दु्रत मार्गको जिरो प्वान्ट हसनपुर पिपल चौतारादेखी स्याउले बजार सम्मको सडकमा ठुला सवारी साधन चल्न नदिने बताएका छन्। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस