सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन र चाँदीको मूल्यमा बृद्धि

२०८३ कार्तिक १९, १०:५४ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ कायम थियो ।
 

कमेन्ट लोड गर्नुस