सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबुराम बालुवाटारमा, चुनावी तालमेलबारे छलफल हुने

२०७९ साउन २४, ०५:५६ खबर संवाददाता

काठमाडौ: नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।  

भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन्। दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत समसामयिक राजनीतिबारे छलफल हुँदैछ।

कमेन्ट लोड गर्नुस