अछाममा किशोर मृत्यु प्रकरणः ४ दिनसम्म पनि उठेन शव, स्थानीयको प्रदर्शन जारी
अछाम: अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि उठ्न सकेको छैन। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्।
आफन्तले नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आरोप लागाएका छन्। किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ।
जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो।
मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।
विद्यामन्दिर उच्च माविको कक्षा १० मा अध्ययनरत शाही शङ्कास्पद अवस्थामा मृत भेटिएपछि घटनाको चौतर्फी विरोध भइरहेको छ। विद्यामन्दिर मावि विनायक, षोडशादेवि मावि मङ्गलसेन, अछाम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलवार पनि दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलन गरेका छन्। सदरमुकाम मंगलसेन विद्यार्थीहरूले पनि जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्।
आक्रोशित आफन्तले विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन्। प्रदर्शनपछि मध्य पहाडी लोकमार्ग शनिवारदेखि पूर्ण रुपमा अवरुद्ध छ।
पंचदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले वज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेकी छिन्। मेयर चलाउने असुरक्षाको कारण देखाउँदै सदरमुकाम मङ्गलसेनमा बसिरहेकी छिन्।
यो पनि:
अछाम घटनाबारे बोले गगन थापा, भने– दोषीलाई कडा कारबाही हुनुपर्छ
अछाम किशोर मृत्यु प्रकरण : एसएसपी पाण्डे नेतृत्वको टोली पनि खटाइयो
अछामका किशोर मृत्यु प्रकरण: नगर प्रमुख र डिएसपीको पुतला दहन
अछाम घटना अपडेटः पञ्चदेवलकी मेयर सदरमुकाम सरिन्
अछाममा किशोर मृत फेला प्रकरणः मध्यपहाडी लोकमार्ग बन्द, स्थानीय आन्दोलित
अछाममा किशोर मृत्यु प्रकरणः दोषीलाई पक्राउ गरि कारबाही गर्न अनेरास्ववियुको माग
अछाममा शाही हत्या प्रकरणः आजै शव उठाइने
अछाममा शाही हत्या प्रकरणः कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली
तालिमप्राप्त कुकुरसहित डिएसपीको कमान्डमा सीआइबी टोली खटाइयो
अछाममा किशोर मृत्यु प्रकरणः २ जिल्लाबाट थप प्रहरी परिचालन
अछाममा किशोर मृत फेला प्रकरणः प्रहरी कार्यालय र गाडी तोडफोड
अछाममा एक किशोर मृत भेटिए, पाँच दिनदेखि थिए बेपत्ता