सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा किशोर मृत्यु प्रकरणः २ जिल्लाबाट थप प्रहरी परिचालन

२०७९ जेठ २१, १०:४३ खबर संवाददाता

धनगढी: अछाममा किशोर मृत्यु प्रकरणमा विवाद बढेपछि २ जिल्लाबाट थप प्रहरी परिचान गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरीले बताएको छ। 

१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीको छोरा  १७ वर्षीय बिनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका हुन्। शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका थिए।

किशोरको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन्। स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं आएका अछामका डीएसपी रविराज थपलिया जिल्ला फर्केका छन्। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो।अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड भएको उनले बताए। 

कमेन्ट लोड गर्नुस