सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम घटनाबारे बोले गगन थापा, भने– दोषीलाई कडा कारबाही हुनुपर्छ

२०७९ जेठ २४, ०३:४४ खबर संवाददाता

धनगढी: सांसद गगनकुमार थापाले अछाम घटनाका अपराधीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। मंगलबार संसदमा बोल्दै थापाले अछामका विनोद शाह मृत फेला प्रकरणका अपराधीले सजाय पाउनुपर्ने र निर्दोष कहि–कतैबाट फस्ने अवस्था बन्न नहुने बताएका हुन्।

उनले भने, ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस। यो हाम्रो माग छ। कहि–कतै राजनीतिक प्रतिशोध साध्नका लागि यस्ता घटनाहरुको प्रयोग नहोस् माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’

थापाले जनप्रतिनिधि वा राजनीतिक दलका विशेष मान्छेलाई छानीछानी अनुसन्धान गर्नुभन्दा पहिले नै दोषी किटान गर्ने बहष चलाइएको बताए। ‘जसले गल्ती गरेको छ, अपराधीले सजाय पाओस्। अन्याय, निर्दोष कहिकतैबाट फस्ने अवस्था पनि नबनोस्’ उनले भने।

 अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोदबहादुर शाही शनिबार बिहान मृत भेटिएका थिए। उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन सो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ। एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस