सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला

२०७८ असार २३, ०७:०४ खबर संवाददाता

धनगढी : कैलालीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अधिकारी टीकापुर पुगेका थिए। मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले अनुसन्धान गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस