टीकटकले ७३ लाख प्रयोगकर्ताको एकाउन्ट हटाइदियो

काठमाडौं: टीकटकले झन्डै ७३ लाख प्रयोगकर्ताको खातालाई मेटाइदिएको छ। मेटाइएका अकाउन्टका बारेमा पहिलो पटक टिकटकले प्रतिवेदनमा सार्वजनिक गरेको हो।
तीन महिनामा नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएको टीकटकले जनाएको छ। तीमध्ये ८२ प्रतिशत भिडिओले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन्।
टीकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ।


