आतङ्कवादविरुद्धको कारबाही रोकिँदैनः मोदी

काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आव्रmमण आतङ्कवादविरुद्धको आव्रmमण भएको स्पष्ट पारे। उनले भने, “भारतले आव्रmमण केवल स्थगित गरेको हो। आगामी दिनमा पाकिस्तानले कस्तो रवैया अपनाउँछ त्यसमा भारतले अपनाउने सशस्त्र शक्ति निर्भर रहन्छ।”

सर्जिकल र एयर स्ट्राइकपछिको ‘अपरेसन सिन्दूर’ भारतको आतङ्कवादविरुद्धको नीति भएको उनले प्रस्ट पारे। भारतले आतङ्कवादविरुद्ध एउटा सीमारेखा कोर्न सफल भएको दर्शाउँदै उनले आतङ्कवादीविरुद्ध कठोर कारबाहीमा उत्रने स्पष्ट पारे।

पाकिस्तानसँग अब कुरा हुँदा आतङ्कवादकै विषयमा हुने र पाकिस्तानले कब्जा गरेको काश्मीरका विषयमा हुने उहाँले प्रस्ट पार्नुभयो । मोदीले बुद्धजयन्तीको स्मरण पनि गरे। उनले थपे, “बुद्धले शान्तिको मार्ग देखाउनुभयो तर शान्तिको मार्ग पनि शक्तिको मार्ग हुँदै अगाडि बढ्छ ।” त्यसैले पनि भारतले आफ्नो शक्ति आतङ्कवादविरुद्ध देखाउने जिकिर गरे।
समृद्ध र विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनैपर्ने र आवश्यक पर्दा त्यो शक्तिको प्रयोग पनि गर्नुपर्नेमा उहाँको जोड थियो। उनले भने, “प्रत्येक आतङ्कवादविरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो। पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दै छन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिने छ।”
पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको बताउँदै मोदीले भने, “यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ । पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधीनस्थ काश्मीरबारे हुन्छ ।”
आणविक शक्ति सम्पन्न दुवै मुलुकबिच द्वन्द्व चर्केर ठुलो युद्ध हुने ठानेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यस्थतामा शनिबार बेलुकादेखि युद्धविराम भयो। युद्ध लम्बिने कुराले चिन्तित दुवै देशका नागरिक युद्धविराम भएपछि त्यसको स्वागत गर्दै खुसियाली मनाए । आइतबारदेखि जनजीवन सामान्य बन्दै गएको छ।
आणविक हतियारयुक्त दुवै मुलुक कठोर युद्धमा जाने खतरा बढिरहेका बेला अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्ने सहमति भयो। अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाई दिनुभयो । उहाँले भन्नुभएको छ, “रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबिच पूर्ण रूपमा र तुरुन्तै युद्धविराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु। विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाई र धन्यवाद दिन चाहन्छु।”
राष्ट्रपति ट्रम्पले दुई देशबिचको विवादको मुख्य केन्द्रविन्दुका रूपमा रहेको काश्मीर विवादमा मध्यस्थता गर्न चाहेको विचार पनि सार्वजनिक गर्नुभएको छ तर भारतले यो विषय द्विपक्षीय भएको भन्दै बाह्य मध्यस्थता नचाहिने बताउँदै आएको छ । पाकिस्तानले आतङ्कवादी घुसपैठलाई संरक्षण गरेकाले समस्या समाधान नभएको भारतको तर्क छ तर पाकिस्तानले भने आतङ्कवादीलाई संरक्षण नगरेको दाबी गरेको छ।