सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाचार प्रभावः सेतीको लिफ्ट सञ्चालनमा आयो

२०७८ जेठ २८, ०१:३४ विन्दु चन्द

धनगढीः सेती प्रादेशिक अस्पतालको लिफ्ट सञ्चालनमा आएको छ। सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डको लिफ्ट बिग्रेको थियो। जुनकारण गम्भीर प्रकृतिका बिरामीहरुलाई तल्लो तल्ला ओर्लिन र मल्लो तला चढ्न समस्या भइरहेको थियो। 

लिप्ट मर्मतसँगै दुर्गन्धित बनेको कोरोना वार्डका शौचालयहरुमा पनि सरसफाई गरिएको अस्पतालले जनाएको छ। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले लिफ्ट सञ्चालनमा आइसकेको बताए। दिनेशखबरले जेठ २५ गते सेती प्रादेशिक अस्तव्यस्त सेती अस्पतालः लिफ्ट वषौंदेखि बिग्रियो, ईसीजी र अक्सोमिटर बिग्रिए, शौचालय पनि दुर्गन्धित भनेर समाचार प्रकाशित गरेको थियो।

सो समाचारलाई सकारात्मक रुपमा लिएको भन्दै सूचना अधिकारी श्रेष्ठले दिनेशखबरसँग भने, “हामीले समाचार हेर्र्यौ। यो विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। केही दिनदेखि लिफ्ट बिग्रेको थियो। लकडाउनका कारण मर्मतमा समस्या भएको हुँदा ढिला भएको हो। अब हामीले लिफ्ट सञ्चालनमा ल्याइसकेका छाै।”

यस्तै, उनले महामारीको बेलामा बिरामीको अत्याधिक चापले अस्पतालको वार्डका शौचालयहरु दुर्गन्धित भइरहेको हुँदा त्यसलाई पनि निरन्तर सरसफाई गरिरहेको बताए। 

सेती प्रादेशिक अस्पतलले लिफ्ट सञ्चालनमा आएको र दुर्गन्धित शौचालयहरुमा निरन्तर सरसफाई भइरहेको भन्दै एक विज्ञप्ति समेत जारी गरेको छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस