सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्तव्यस्त सेती अस्पतालः लिफ्ट वषौंदेखि बिग्रियो, ईसीजी र अक्सोमिटर बिग्रिए, शौचालय पनि दुर्गन्धित

२०७८ जेठ २५, ०८:०३ विन्दु चन्द

धनगढीः सेती प्रादेशिक अस्पतालमा लिप्ट सञ्चालन नहुँदा समस्या भएको छ। सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा लिप्ट बिग्रेको धेरै समय भइसकेको छ। तर सो लिप्ट सञ्चालन नगरिँदा गम्भीर प्रकृतिका बिरामीहरुले एक्सरे गर्न वार्डको मल्लो फ्लोरबाट भर्‍याङमार्फत तल्लो फ्लोरमा झर्नु पर्छ। जुनकारण बिरामीलाई एकदमै समस्या भएको संक्रमित बिरामीका कुरुवा हिक्मत शाहले बताए। 

उनले भने, “बिरामीलाई एक्सरे गर्नुपर्यो भने तल्लो तलामा आउनुपर्छ, गम्भीर बिरामी आउन सक्दैनन्, यहाँ लिप्ट छ तर सञ्चालनमा छैन्। म यहाँ आएको २९ दिन जति भयो लिप्ट सञ्चालन भएको कहिल्यै देखेन। बिरामी सिडिबाट तल माथि जाँदा धेरै गाह्रो भइरहेको छ।”
यस्तै हाड तथा मुटुसम्बन्धी जानकारी दिने ईसीजी मेसिन र बिरामीको अक्सिजन लेवल कति छ भनेर थाहा पाउने अक्सोमिटर समेत बिग्रिएको उनले बताए। उनले भने, “मुटु सम्बन्धी जानकारी दिने ईसीजी मेसिन बिग्रिएको रहेछ। इमर्जेन्सी वार्डमा एउटै अक्सोमिटर छ त्यो पनि बिग्रोको छ। त्यसले हामीलाई धेरै समस्या भइरहेको छ।”

अस्पतालको लिप्ट बिग्रेको धेरै दिन भएको प्रति अस्पताल प्रशासनले स्वीकार गरेको छ। तर सफ्टवेयर नभएका कारण निषेधाज्ञाको अवधिमा मर्मत गर्न नसकेको बताइएको छ। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, “लिप्ट मर्मतका लागि सम्बन्धित निकायलाइ कोटेसन टेन्डर गरिसकेका छौँ।  उताबाट सामान हामी कहाँ पठाइदिन्छौ भनेको छ।” 

उनले सो लिप्ट यतै बनाएर नबन्ने बताएका छन्। त्यसका लागि सप्लायर्सबाटै पार्टपुर्जा मगाउनुपर्ने भएकाले समय लागेको बताएका छन्। तर इसीजी मेसिनहरु र अक्सोमिटर नबिग्रेको दाबी अस्पताल प्रशासनले गरेको छ। 

पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा संक्रमितहरुको संख्या घटेको छ। अस्पतालका शय्या अहिले खाली देखिन्छन्। तर अस्पतालमा समय–समयमा सरसफाई  नहुँदा पनि उपचाररत बिरामीहरुले सास्ती खेप्नुपरेको छ।

बिरामीहरुले प्रयोग गर्ने शौचालयहरु दुर्गन्धित भएका छन्। शौचालयको सिटहरु दिशापिसाबले भरिएका छन्। जसको सरसफाई नगरिँदा आफूहरुलाई समस्या भइरहेको बिरामीका कुरुवाहरुले गुनासो गरेका छन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस