सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी वार्डको भद्रगोल अवस्था

२०७८ जेठ २४, ०४:४७ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा कोरोना वार्डको अवस्था निकै नाजुक देखिएको छ। 

अस्पतालको इमर्जेन्सी वार्डको शौचालय एकदमै फोहोर भएका छन्। शौचालय भरिँदा उपचाररत बिरामीहरुलाई समस्या भइरहेको हो। विगत ४/५ दिनदेखि शौचालय भरिँदा पनि प्रशासनको ध्यान नै नगएको बिरामीका कुरुवाहरुले बताएका छन्। 

 

नाम उल्लेख नगर्ने सर्तमा एक जना बिरामीका कुरुवाले भने, “हामी आएको आज ५ दिन जति भयो, आउँदाखेरी शौचालय भरिएको थियो, अहिले पनि उस्तै छ। कसलाई भन्ने कसैले सुन्दैनन्।” इमर्जेन्सी वार्डको दोस्रो फ्लोरका ३ वटै शौचालय फोहोरले भरिएका छन्। 

कमेन्ट लोड गर्नुस