सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुनचाँदीको मूल्य घट्यो

२०८३ कार्तिक १३, ११:३९ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा  तीन हजार २०० र चाँदी  १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८२५ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र असली चाँदी तीन हजार ९३० मा कारोबार भएको थियो ।
 

कमेन्ट लोड गर्नुस