H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार ०५:५१
Jun 24 2021, Thursday
05:51:22 AM

कञ्चनपुरमा वडा अध्यक्षमाथि आक्रमण

विज्ञापन
खवर संवाददाता
२०७७ चैत्र ०३:१५
अ+

कञ्चनपुर: कञ्चनपुरमा एक वडा अध्यक्षमाथि आक्रमण भएको घटना सार्वजनिक भएको छ। जिल्लाको बेदकोट नगरपालिका–५ का वडाअध्यक्ष गणेश विक(कुशल)माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको हो।  

स्थानीय राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा लगायतले सामान्य विवादमा अध्यक्ष विकमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेको बताइएको छ। 

अहिले वडाअध्यक्ष विक महाकाली अस्पतालमा उपचाररत छन्।

वडा कार्यालयमा सामान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीकै सामु आफुमाथि आक्रमण गरेको वडा अध्यक्ष गणेश विकले बताए। ‘मदिरा सेवन गरेर आएका थिए। कुरा नबुझ्दै अचानक ढुङ्गामुढा प्रहार गरी घाइते बनाए’ उनले भने।

 बेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताएका छन्। 

बेदकोट नगरपालिकाले अध्यक्षमाथि आक्रमणको प्रहरी कार्यालयलाई जानकारी गराइएको छ। घट्नाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad