सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँ बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि, २२ जना घाइते 

२०८१ भदौ ७, ०५:१९ खबर संवाददाता

काठमाडौँः तनहँको आबुखैरेनीस्थित ऐनापहिरोबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै, २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको छ। बसमा सवार १६ वर्षीय सदना सुहास घाइते भइ आँबुखैरेनी अस्पतालबाट चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा दिउँसो ३ बजेर २६ मिनेटमा मृत घोषणा गरिएको हो।

उनीसँगै मृतकको संख्या २० पुगेको हो।बाँकी घाइतेलाई स्थानीय अस्पतालमा उपचार जारी छ।
 

कमेन्ट लोड गर्नुस