सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित बैतडीका एक जना पक्राउ  

२०८१ भदौ २७, ०६:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बैतडीका एक जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गल्ली नम्बर-५ मा कोठा गरि बस्ने बैतडीको दशरथचन्द नगरपालिका-४ का रमेश लुहार पक्राउ परेका छन्।

लुहारलाई १ ग्राम ०९ मिलिग्राम लागुऔषध (खैरो हिरोईन)सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको  संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस