सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नगर प्रहरीलाई राखियो स्ट्यान्डबाइ

२०८१ भदौ २७, ०७:३० खबर संवाददाता

धनगढी: धनगढीमा नगर प्रहरीलाई स्ट्यान्डबाइ राखिएको छ।जलवायु तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिन बमोजिम धनगढी उपमहानगरपालिकाले विपद्प्रकार्यका लागि नगर प्रहरीलाई तैनाथ राखेको हो। भदौ २७ गते देखि २९ गते सम्मको वर्षालाई मध्ये नजर गरी नगर प्रहरीलाई उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको उपमहानगरले जनाएको छ।

वर्षाको कारण आपत्कालीन अवस्था आएमा उपमहानगरपालिकाको टोल फ्री नम्बर १८१०५००००९० तथा फोन नम्बर ०९१(५९०६९० मा सम्पर्क गर्न आग्रह गरिएको छ।नगर प्रहरीलाई बिदा नछोडेर तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले बताए।

कमेन्ट लोड गर्नुस