सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् जोखिमको व्यावस्थापनमा लम्कीचुहासँग सहकार्य गरेको परियोजनाको समापन

२०८१ भदौ २७, ०९:०१ खबर संवाददाता

धनगढीः विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा लम्कीचुहा नगरपालिकासँग सहकार्य गरेर काम गर्दै अएको युुएसएआइडीको तयार नेपाल परियोजनाको आज समापन गरिएको छ।

नगरपालिका र साझेदारी संस्था युुएसएआइडीको तयार नेपालद्वारा पालिका भित्रका विभिन्न स्थानमा सहकार्य गरि काम गर्दै आएको समयावधि आजबाट सकिएको हो। तयार नेपाल परियोजनाले आर्यआर्जनका कार्य, जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा लम्कीचुहा नगरपालिका भित्र २०७७ देखि हालसम्म सहकार्य गरि काम गर्दै आएको थियो।

सो परियोजनाले नगरपालिकाको विपद जोखिम अल्पिकरण (नदी नियन्त्रण) तर्फ वडा नम्बर–६ बाघमारामा ४८ लाख बढीको गल्ली संरक्षण, वडा नम्बर–८ गप्काको चरैला नदीमा २१ लाख बढीको तट्वन्ध, वडा नम्बर–७ वामनपुरमा १ करोड २० लाख बढीको चोरी नदी तट्वन्ध निर्माण, वडा नम्बर–६ बाघमारा १ करोड बढीको गल्ली संरक्षण सुधार कार्य, वडा नम्बर–८ गप्कामा ६३ लाख बढीको चरैला नदी पुनस्र्थापना कार्य गरि सम्पन्न गरेको नगर आपतकालिन कार्यसञ्चालन केन्द्रका जिवन न्यौपानेले बताए। युुएसएआइडीको तयार नेपालद्वारा पालिका भित्र ठाउँठाउँमा संस्थागत क्षमता विकास तालिमको आयोजना गरेको जानकारी गराएको छ।

जस अनुसार
१) विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन स्थानियकरण तालिम
२)फायर फाईटरहरुलाई आगलागी व्यावस्थापन सम्बन्धी तालिम
३) विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा लैङ्गिक विभेदमा आधारित तालिम
४) स्फियर मापदण्डसम्बन्धि तालिम संचालन
५) भि.एच.एफ प्रयोग सम्बन्धि अभिमूखीकरण
६) प्रारम्भिक द्रुत लेखाजोखा तालिमा लगायतका क्रियकलाप गरेको बताएका छन।

बतावरण संरक्षण, जलवायु परिवर्तन अनुकुल कार्यक्रम संचालन गरेको
१) बगर खेती
२)नमूना कृषि वन प्रबर्धन कार्यक्रम
३) अति संकटासन्न तथा विपन्न वर्गका लागि आर्थिक उत्थानशिलता अभिबृद्धी कार्यक्रम
४) सहभागितामूलक दोगो बजार प्रणाली प्रबर्द्धन
५) सिमान्तकृत समुदायको लागि एकीकृत माछापालन
६) जलवायुमैत्री कृषि प्रबिधि प्रबर्द्धन

लगयत अन्य क्रियाकलापमा प्रतक्ष सहभागिता जनाएको छ। त्यसैगरी युुएसएआइडीको तयार नेपाल साझेदारी संस्थाले पालिका भित्रका बिभिन्न ठाउँमा व्यावसाय विपद् जोखिम न्यूनिकरणमा प्रत्यक्ष सहभागिता जनाएको छ।
१) व्यावसाय निरन्तरता योजना
२) निजी क्षेत्र नविनतम कार्यक्रम
३) निजी क्षेत्र नवप्रवर्तन क्षमता विकास कार्यशाला गोष्ठी 

साझेदारी संस्था युएसएआइडीको तयार नेपालद्वारा यस क्षेत्रमा रहेका बिपन्न, नगरपालिकाकोसोनाहा जातिको १४ जना कृषकलाई माछा पालन पोखरीमा जिम्मेवारि दिएर  काम अगाढी बढाएको छ।

अचार बनाउने, स्वच्छकर खाना, च्याउ उत्पादन लगायत अन्य कार्यक्रममा गरी १३२ घरधुरीलाई समेटेर कार्यक्रम सञ्चालन गरेको, १२५ घरधुरीलाई समेटेर बगर खेती गरेको, डल्फिन संरक्षण सम्बन्धी अनुसन्धान लगायत कार्य गरेको तयार नेपालका फिल्ड अफिसर प्रेमलाल डंगौराले बताए।

No description available.

यस्तै नमुना कृर्षि वन अन्र्तगत मुक्त कमैया बस्तीका दलित (बादी) ३ घरधुरी, ४३ थारु घरधुरी र ३ सोनाहा जातिका गरी ४९ घरपरिवारलाई नमुना कृर्षि वनमा समावेश गरिएको छ। पालिका भित्र यस संस्थाले जनताको जिविकोपार्जनका लागि गर्दै गरेका क्रियाकलापहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले बताइन्।

बिदाई कार्यक्रममा तयार नेपाल संस्थाले ५ वर्षको अबधीमा के के काम गर्यो र कसरी “विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा लम्कीचुहा नगरपालिका” नामक पुस्तक विमिचन कार्यक्रम समेत गरिएको थियो। लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षले तयार नेपालले दिएको काम, सिप, क्षमतालाई प्राथमिकता दिएर काम गर्ने बताए।

No description available.

गुणस्तिरीय र जनताको सिपका लागि केन्द्रित भएर काम सम्पन्न गरेकोमा आफु ढुक्क रहेको उनको भनाइ छ। तयार नेपालले आफु लगाएत अन्य सबैलाई विभिन्न सिपमा दक्ष बनाएर जाँदै गरेकोमा उनले धन्यवाद समेत ज्ञापन गरेका थिए।

नगपालिकामा युुएसएआइडीको तयार नेपाल परियोजनाको समग्र उपब्धी, सिकाई र दिगोपनको विषयमा प्रस्तुतिकरण परियोजनाको फिल्ड टिम डाएरेक्टर नबराज जोशीले गरेका थिए। यस्तै भगिनी तथा सुद्धिृद, सफल प्रणाली र सुरक्षित आवासमा आफुहरुले लक्ष्य प्राप्त गरेको परियोजनाका कृर्षि विज्ञ शैलेन्द्र श्रेष्ठले बताए। नगरपालिकाले यस्ता सफल कार्यलाई निरन्तरता दिने सँगसगै अधावधिक गर्दै लैजाने श्रेष्ठको विश्वास रहेको छ।

No description available.

कमेन्ट लोड गर्नुस